• ट्रेण्डिङ :

महोत्तरीमा स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ

महोत्तरीमा स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ

cnewsnepal

शुक्रबार, असोज २२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


महोत्तरी स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

शुक्रबार दिउँसो २ बजे जलेश्वर नगरपालिका वडा नम्बर ८ बज्राहीस्थित भित्री सडकबाट दुई जनालाई पक्राउ गरेको हो।

मनराशिश्वा नगरपालिका वडा नम्बर ५ कटैयाका ३४ वर्षीय दिपेन्द्रकुमार साह र भंगाहा नगरपालिका वडा नम्बर ७ की १८ वर्षीया बिन्दाकुमारी साहलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

मोटरसाइकलमा सवार उनीहरूको झोला हेर्दा प्रहरीले १० लाख ४४ हजार रुपैयाँ बरामद गरेको हो।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार