२३ असाेज,काठमाडौ । दुबईबाट नेपाल फर्किएका यात्रुलाई सुन कारोबार गर्नेहरुले पठाएको भनिएको करिब १ सय ५०ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।
सुन संकलन गर्न गएका एकजनालाई प्रहरीले ३ थान बाला सहित पक्राउ गरेको हाे ।
आन्तरिक पार्किङ एरियामा आई विभिन्न मुलुकहरुबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाएकाे अवस्थामा १५० ग्राम बराबरको ३ वटा बाला बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बाँस्तोलाले बताए ।
दुबईबाट काठमाडौं आएका यात्रुको साथबाट विमानस्थलमा सुन संकलन गर्न जाँदा पक्राउ पर्नेमा धादिङ निलकण्ठ न.पा.वडा नं. ४ स्थायी वर्ष ५७ वर्षीय खड्क प्रसाद तिमल्सिना छन् ।
बरामद गरेको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको एसएसपी बाँस्तोलाले बताए ।