• ट्रेण्डिङ :

भारतबाट आउने बुलेटबाट सीधै सिलिन्डरमा ग्यास भरेर बेच्नेहरुकाे गिराेह पक्राउ

भारतबाट आउने बुलेटबाट सीधै सिलिन्डरमा ग्यास भरेर बेच्नेहरुकाे गिराेह पक्राउ

cnewsnepal

बिहिबार, कार्तिक ४ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


४ कात्तिक काठमाडौं । भारतबाट विभिन्न कम्पनीहरुमा ढुवानी हुने खाना पकाउने एलपी ग्याँस बीचबाटोमा नै चोरी हुने गरेको तथ्य सार्वजनिक भएकाे छ ।

प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने तीन जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा ग्याँस चोरी गरेर बेच्ने कार्यमा संलग्न स्थानीय ब्यापारी ४३ बर्षीय भरत कार्की, चालकहरु सुनुकुमार र विपिन कुमार रहेका छन् ।
भारतबाट आएका दुईवटा एन.एल ०११० १३१ र युपी ७० बीटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएकाे छ ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले दुईवटा बुलेट, बुलेटका चालक र १८ वटा खाली तथा १३ वटा भरिएका विभिन्न कम्पनीका सिलिन्डरहरु समेत नियन्त्रणमा लिन सफल भएको बताए । उनलेे भने,”सिलिन्डर भर्नका फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेकाे छ । ‘असुरक्षित र जोखिमपूर्ण तरिकाले बुलेटको खतरा लेखिएको बक्स खोलेर घरेलु उपकरण प्रयाेगमा ग्याँस चोरी हुने गरेको छ फेला पारेका छाै एउटा बुलेटबाट ८ देखि १० वटा सिलिन्डर चाेरी गर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।’,प्रहरी अनुसार अन्य ग्याँस बोक्ने बुलेटको गिरोह नै यस्तो कार्यमा संलग्न भएको आशंका गरिएकाे छ । प्रहरीले पाएको प्रारम्भिक जानकारी अनुसार भारतीय बुलेट चालकहरुले कार्कीको पसलमा नियमित रुपमा ग्याँस बिक्री गर्नेगरेका थिए । उनीहरुले प्रति सिलिन्डर १ हजार रुपियाँमा कार्कीलाई बेच्ने र कार्कीले १३ सय रुपियाँमा उपभोक्तालाई बिक्री गर्ने गरेकाे खुलेकाे छ ।

उक्त ग्यास बुलेट पोखराको शक्ति ग्याँस उद्योग र धादिङको क्याप्सन ग्याँस उद्योगमा ती दुई बुलेटहरुले ग्याँस लैजाँदै थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार