८ हजार युरोसहित बेल्जियम नागरिक पक्राउ

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आज आठ हजार यूरोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका हुन ।
भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धानका लागि उक्त रकमसहित उनलाई आजै राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।