अवैध रूपमा भारतबाट ल्याएको ठूलो परिमाणको रेडबुल प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सिद्धार्थनगर नगरपालिका-६ सुगरमिलबाट ९५ पेटी रेडबुल बरामद गरेको जनाएको छ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. २ घर भई हाल सिद्धार्थनगर ४ बस्ने ३३ वर्षिय प्रकाश रेग्मीले अवैधरूपमा भारतबाट ल्याएको ५ लाख ७० हजार मूल्य बराबरको उक्त रेडबुल बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालयको टोलीले भन्साल छली गरि भारतबाट ल्याएका २ लाखभन्दा बढी मूल्यका विभिन्न सामग्री बरामद गरेको जनाएको छ।
मायादेवी गाउँपालिका वडा नं. ८ विश्वकर्मा मन्दिर नजिकैबाट अवैध रूपमा भारतबाट ल्याउँदै गरेको लेडिज सेन्डल, प्लाष्टिक डोरी, पेन्ट, डेरी मिल्क, कफी, सुईटर, लेगिज, मिक्स अचार, साडी, कुर्था सुरूवाल, चिनीलगायत करिब ४ लाख रुपैयाँको सामान बरामद गरेको हो।
तीन दिनको अवधिमा बरामद गरिएका सबै सामग्री आवश्यक कारवाहीको लागि बेलहीया भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।