• ट्रेण्डिङ :

लागु औषध ब्राउन सुगर ४५ ग्राम सहित १ जना पक्राउ

लागु औषध ब्राउन सुगर ४५ ग्राम सहित १ जना पक्राउ

cnewsnepal

मंगलबार, मंसिर ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


प्रहरीले लागु औषध (ब्राउन सुगर) ४५ ग्राम सहित १ जना पक्राउ गरेकाे छ ।

दाङ लमही नगरपालीका वडा नं.९ अमिलिया स्थित पुर्व पश्चिम राजमार्गमा ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले भारतिय मुलुकको जस्तो देखिने पुरुष ब्यक्तिले लागु औषध (ब्राउन सुगर) ओसार पसार तथा बिक्री बितरण गरी रहेको छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी टोली भारत जिल्ला बहाराईच तहसिल नानपारा घर भएका बर्ष २८ को नाईमलाई पक्राउ गरिएको बताए ।


पक्राउ परेका उनिलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था वमोजिम २५ ग्राम देखी १०० ग्राम सम्मको परिमाण भए १० बर्ष देखी १५ वर्ष सम्म कैद र ७५ हजार देखी २ लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार