१६ मंसिर काठमाडौ ।सहकारीका सुरक्षा गार्डको हत्या गरि रकम लुटेर फरार रहेका दुई जना अभियुक्तलाई प्रहरी पक्राउ गरेको छ।दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगु स्थित हिमचुली बहुउद्देश्य सहकारी संस्थामा कार्यरत सुरक्षा गार्डसहकारीका सुरक्षा गार्डको हत्या गरि लुटपाट गरि हत्या गर्नेहरू पक्राउ सहकारीका सुरक्षा गार्डको हत्या गरि रकम लुटेर फरार रहेका दुई जना अभियुक्तलाई प्रहरी पक्राउ गरेको छ।दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगु स्थित हिमचुली बहुउद्देश्य सहकारी संस्थामा कार्यरत सुरक्षा गार्डको हत्या गरी पैसा लुटेको आरोपमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका १, जुगुका विक्रम कार्की र सोही स्थानका सुमन कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले दोलखा गौरीशंकर गाउँपालिका जुगुमा रहेको हिमचुली बहुउद्देस्यीय सहकारी संस्थाका सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरी सहकारीबाट १ लाख ८५ हजार लुटेको प्रहरीले जानकारी दिएको छ ।
कार्कीद्वयले खड्कालाई डोरीले पछाडी हात बाँधेर विभत्स रूपमा हत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जनालाई सीआईबीले थप अनुसन्धानका लागि दोलखा पठाउने तयारी गरेको छ ।