• ट्रेण्डिङ :

१८३ किलो लागुऔषध गाँजा सहित चालक पक्राउ

१८३ किलो लागुऔषध गाँजा सहित चालक पक्राउ

cnewsnepal

मंगलबार, पौस २७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


२७ पुष , काठमाडौ । प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित एकजना चालकलाई पक्राउ गरेकाे छ ।

१८३ किलो गाँजा सहित गाडीका चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. २ बस्ने बर्ष ३० को रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीकाे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको बिशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको सयुक्त टोलिले जिल्ला मकवानपुर भिमफेदी गाउपालिका वडा नं. २ भैंसे स्थित प्रहरी चेक पोष्टमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।

मकवानपुर प्रमुख गुरूङका अनुसार सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नं. को पिकअप गाडिमा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा १८३ किलो फेला परेकाे पुष्टि गरेका थिए ।


सिंतानलाई उक्त लागुऔषध गाँजा, गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए । मनहरी  प्रहरी का  प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाकाे नेतृत्वको टाेलीले  केही  समय अगाडि मात्र भारि मात्रमा लागुऔषध बरामद  गरेकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार