• ट्रेण्डिङ :

कंलकीवाट १५ केजि चरेश सहित तीन पक्राउ

कंलकीवाट १५ केजि चरेश सहित तीन पक्राउ

cnewsnepal

बुधबार, जेष्ठ ८ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । काठमाडौंको ढुंगे अड्डा कंलकीबाट १५ केजी चरेससहित तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौको विशेष टोली उनीहरुलाई १५ केजी चरेससहित पक्राउ गरेको हो ।

पक्राउ  पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका दिनेश कार्की, सुनिता तिमिल्सिना, विश्वास थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गराए।

तस्करले प्रयोग गरेको २२० सीसीको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीको अनुसार बाइकमा राखेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार