२६ फागुन,काठमाण्डाैं । प्रहरीले भन्सार छली ल्याएको चामल सहित पिकअप नियन्त्रणमा लिएको छ ।
प्रज्ञापन पत्र विनाको भारतीय चामल लोड गरी वीरगञ्जबाट बाराको जितपुरतर्फ लादै गरेको चामल सहित पिकअप नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजका प्रहरी प्रबक्ता ओम प्रकाश खनालले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ११ रानीघाट सडकखण्डमा प्रदेश ०३–००१ च ०५२२ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका चामल फेला बरामद गरिएको बताए ।
प्रबक्ता खनालका अनुसा उक्त पिकअपमा लोड रहेको ११८ बोरा चामल नियन्त्रणमा लिई रू.११,००,०००।– (एघार लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बताए ।