• ट्रेण्डिङ :

नक्कली प्रहरी बनी अपराध गर्ने सक्कली प्रहरीकाे फन्दामा

नक्कली प्रहरी बनी अपराध गर्ने सक्कली प्रहरीकाे फन्दामा

cnewsnepal

शुक्रबार, चैत्र ४ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


संखुवासभा प्रहरीले नक्कली प्रहरीलाई पक्राउ गरि शार्वजनिक गरेकाे छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न नक्कली प्रहरी बनेका दुई जनालाई पक्राउ गरि खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका-४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको बताए ।


डीएसपी सुवेदीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमीला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका चार जनाले घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर प्रमीलाको श्रीमान् रमेश कुमार तामाङलाई जिम्मा लगाएका थिए । प्रहरी प्रमुख सुवेदीले भने,” पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको अनुसन्धानबाट खुलेकाे छ । ”

त्यसपछि रमेशले आफ्नी श्रीमतीको ज्यान मार्ने प्रयासले शारीरिक तथा मानसिक यातना दिएका थिए । प्रमीलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा प्रहरीले पाँचपन नगरपालिका–४ घर भई खाँदबारी नगरपालिका–९ बस्ने वर्ष ३० को अर्जुन तामाङ र पाँखपन नगरपालिका–४ का प्रमीलाको श्रीमान् वर्ष ३४ का रमेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । योजना बमोजिम रमेश सहित ४ जना फागुन २५ गते काठमाडौं बागबजारबाट नक्कली प्रहरीका पोसाकप्रति जोर प्रतिदिन पाँच सयका दरले भाडामा ल्याएका थिए । पक्राउ परेका रमेश र प्रमीलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार