• ट्रेण्डिङ :

मोरङ लेटाङ स्थिति शिक्षा विकास माबी झडप स्थानीयकाे आक्रमण एक महिला प्रहरी अवस्था गम्भीर

मोरङ लेटाङ स्थिति शिक्षा विकास माबी झडप स्थानीयकाे आक्रमण एक महिला प्रहरी अवस्था गम्भीर

cnewsnepal

आइतबार, चैत्र ६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


मोरङ लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीको आक्रमणमा नेपाल प्रहरीकी एकजना जवान गंभिर घाईते भएकी छन् । उनको अवस्था गंभिर तथा चिन्ताजनक रहेको छ ।

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार गम्भीर  घाईते हुनेमा सशस्त्र प्रहरी गण रानीमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठ छिन् । विराटनगरघटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियाे । उनका अनुसार ती महिला प्रहरीको घाँटीमा गंभिर चोट लागेको छ ।

प्रवक्ता एसएसपी केसीका अनुसार यतिबेला मोरङका एसपी जर्नादन जिसिसहितको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार घटना स्थानीय शिक्षा विकास माबीमा भएको हो ।

गत शुक्रवार एक १४ वर्षीय बालिकालाई घरमै पुगेर एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै आज शिक्षा विकास मावि लेटाङ ५ खेरुवामा विद्यार्थी र पीडितका आफन्तले विद्यालयमा ढुंगामुढा गरेका थिए । विद्यार्थीले दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाउनुको साथै एउटा एम्बुलेन्स पनि तोडफोड प्रदर्शनकारीले गरेका छन् ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको बताइएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार