• ट्रेण्डिङ :

प्रतिबन्धित लागु औषध ४५६ एम्पुलसहित १ जना टेकुबाट पक्राउ

प्रतिबन्धित लागु औषध ४५६ एम्पुलसहित १ जना टेकुबाट पक्राउ

cnewsnepal

बिहिबार, भाद्र ९ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


प्रहरीले प्रतिबन्धित लागु औषध ४५६ एम्पुलसहित १ जना ब्यक्ति पक्राउ गरेकाे छ ।

प्रहरी बृत्त कालीमाटीवाट खटिएको टाेलीले टेकु स्थितमा रहेको कनक पेट्रोल पम्प नजिकै सडक खण्डबाट लागु औषध सहित एक जना पक्राउ गरेकाे हाे ।

कालीमाटीका प्रहरी प्रमुख डिएसपी अनिल घिमिरेका अनुसार पक्राउ पर्नेमा जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.०२ बस्ने बर्ष ५५ को गौतम थापा छन् ।

डिएसपी घिमिरेका अनुसार थापाकाे साथबाट डाइजेपाम-१४८ एम्पुल ,नुर्फिन १४८-एम्पुल ,फेनारगन-१६० एम्पुल नाइट्राजेपाम-२० ट्याब्लेट र बा ९२ प ६५७७ नम्वरको यामाहा कम्पनीको स्कुटी , मोबाइल सेट थान- २ नगद रु.२२,०००।-(बाइस हजार) वरामद भएकाे छ ।

पक्राउ परेका थापालाई लागु औषध नियन्त्रण ऐन,२०३३ को कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट -१० दिनको म्याद थप गरि प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार