• ट्रेण्डिङ :

जोशीको  शव  श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिने 

जोशीको  शव  श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिने 

cnewsnepal

आइतबार, असोज ३० २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ I शताब्दी पुरुष सत्यमोहन जोशीको  शव अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिने भएको छ ।

महानगरवासी र सर्वसाधारणलाई श्रद्धाञ्जलीका लागि जोशीको शवलाई अहिले साढे १२  बजेपछि महानगरपालिका पुर्‍याइने उहाँका निकट साहित्यकार एवं नई प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।

त्यसपछि उहाँको शवलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिनेछ ।

जोशीले आफ्नो इच्छाअनुसार किस्ट मेडिकल कलेजमा चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि शरीर दान गरिसक्नुभएको र आजै अस्पताल र उहाँका परिवार बिच त्यससम्बन्धी सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार