• ट्रेण्डिङ :

लम्कीचुहाबाट खैरो हेरोईन सहित एक जना पक्राउ

लम्कीचुहाबाट खैरो हेरोईन सहित एक जना पक्राउ

cnewsnepal

बुधबार, माघ ११ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


११ माघ,काठमाडौं । प्रहरीले अबैध लागु औषध(खैरो हेरोईन) सहित एक जनालाई पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय लम्कीचुहाबाट प्रहरी निरीक्षक शंकर खड्काकाे नेतृत्वको टाेलीले अबैध लागु औषध(खैरो हेरोईन) सहित एक जनालाई पक्राउ गरेकाे हाे ।

ईलाका प्रहरी प्रमुख शंकर खड्का अनुसार पक्राउ पर्नेमा जिल्ला कैलाली लम्कीचचुहा नगरपालिका वडा न. ३ चिसापानी बस्ने बर्ष ४० को बिजय मल्ल छन् ।

प्रहरी निरीक्षक खड्काका अनुसार जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. ०१ राजिपुर स्थित लम्की टिकापुर सडक खण्डको साहारा होटल नजिक शंकास्पद तवरले हिडडुल गरी रहेका मल्लको शरीर खानतलाशी गर्दा शरीरबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) र थान- १ (एक) डिजटल तराजु समेत बरामद गरेकाे जानकारी दिए ।

मल्ललाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार