• ट्रेण्डिङ :

सरकार, आत्मदाह र पेट्रोल ?

सरकार, आत्मदाह र पेट्रोल ?

मन्दिरा थापा

बिहिबार, माघ १२ २०७९
पढ्न लाग्ने समय: < ३ मिनेट


यदि सरकार साँच्चै प्रेम प्रसाद आचार्यले आत्मदाह गरेको घटना प्रति उत्तरदायि हुन्थ्यो भने उनले मर्नु अघि सामाजिक संजालमा आफु मर्न बाध्य हुनुको कारणहरु स्पष्ट उल्लेख गरेका छन् त्यसप्रति चासो देखाउँथ्यो होला न कि खुल्ला रुपमा पेट्रोल बेच्न बन्द भन्ने फितलो र देखावटी निर्णय गथ्र्यो । सरकारको यो निर्णय गलत भन्न खोजेको हैन यति ठुलो घटना घटेको छ, घटना घटनुको हरेक कारणहरु राज्य र राज्यको नितीसँग सम्बन्धित भएको स्पष्ट रुपमै बुझन सकिन्छ । जुन जोगी आएपनि कानै चिरिएको भने झै वर्तमान सरकार प्रति जनताको जुन आशा र भरोसा थियो । यो घटना पश्चात सरकारले देखाएको प्रतिक्रिया हेर्दा अब पनि खासै जनताले न्यायको अनुभुती पाउने देखिदैन । इलामका प्रेम जस्तै आफ्नै देशमा केही गर्नुपर्छ भनेर संघर्ष गरिरहेका हजारौ यूवाहरु उनैले भोगेका जस्तै पिडामा पिल्सिरहेका छन् । त्यसप्रति सरकार जिम्वेवार भएको खोई ?

अहिले सामाजिक संजालभरि नै हामी पनि त्यस्तै पिडा भोगीरहेका छौ भन्ने यूवाजमातहरुको आक्रोश छरपष्ट देखिएको छ । यदि यो संवेदनशिल विषयप्रति समयमै ध्यान दिएर राज्यले प्रेम जस्ता व्यावसायी यूवाहरुको घाउमा थोरै भएपनी मलम लगाउने निती ल्याएन भने अवको केही समयमा धेरै प्रेमहरुले यसैगरी आफ्नो जीवनको अन्तय गर्नेछन् । हे सरकार यदि तिमीलाई साँच्चै देश र जनताको अलिकती पनि माया छ भने उनले मर्नु पूर्व उठाएको एक दुइ प्रश्नहरु प्रति मात्रै भएपनि उत्तरदायि बनिदेउ । उनले राज्यको लागि दिएका २५ सुझावहरु मध्ये केहीलाई मात्र भएपनि मनन गरेर निती बनाइदेऊ, ताकी वाँकी प्रेमहरुले आत्मदाहको प्रयास नगरुन् । तिमीले वोतलमा पेट्रोल बेच्न बन्द गर्दैमा यस्ता घटना रोकिदैनन् । आत्मदाह गर्ने अरु धेरै तरिकाहरु पनि छन् ।

उनको मृत्युपश्चात आम साधारण मानिसहरु विक्षिप्त भएका छन् । उनको श्रीमती र छोरीहरुको त्यो अवस्था नआओस भनेर साधारण व्यक्तिले पनि सकेको दुइ पाँच हजार सहयोग गर्न तत्पर भैरहेको अवस्थामा सरकार वा सम्बन्धित पहुँचवाला व्यक्ति कसैले उनले उल्लेख गरेका नेपालका ठूला औधोगिक घराना सँग उनले पाउनुपर्ने रकम र उनलाई दुरुत्साहन गरेवापतको क्षतिपूर्ति मात्र उनीहरुवाट असुल गराइदिन सहयोग गर्ने हो भने पनि उनको ऋण तिर्न पुग्ने अवस्था देखियो । यस्ता ठूला औधोगिक घरानालाई सरकारले अझै पनि चोख्याउन खोज्ने हो भने यिनीहरुले हरेक बर्ष धेरै प्रेम प्रसाद आचार्यहरु लाई मर्न बाध्य बनाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार