राजधानीमा मोटर साईकल चोरीको घटनामा वृद्धि

पछिलो समय राजधानी लगायत देशका विभिन्न भागहरुमा मोटरसाईकल चोरीका घटनाम उलेख्यि वृद्धि भईरहेको छ । राजधानीमा मात्रै दैनिक १ देखि दुई वटा मोटरसाईकल हराईरहेको घटना प्रहरी र ट्राफिक समेक्ष निवेदन दर्ता भइरहेको हुन्छ ।


अन्य सवारी साधनको तुलनमा मोटरसाईकल र स्कुटर अत्याधिक विक्री हुने र धेरै हराउने सवारी साधनको रुपमा चिनिन थालेको छ । सार्वजनिक क्षेत्रमा पार्किङ गरेर राखेका मोटरसाईकल र स्कुटर हराउने गरेको कुनै नौलो कुरा भएन् । तर आफ्नो घरको हाता भित्र गेटमा ताला लगाएर सवारी साधन लक गरेर राख्दा समेत चोरीएको पाईएको छ ।

त्यति मात्र होईन एकै दिनमा छुटाछुटै घरको गेट भित्र राखिएका स्कुटर र वाईक चोरी भईरहेको छ । प्रहरीले मोटरसाईकल चोरीको घटना वृद्धि भए पनि सोचे अनुरुप चोरीको गिरोह पक्राउ गर्न सकिरहेको छैन । राजधानी वाट चोरीएका मोटरसाईकल राजधानी बाहिरका जिल्लाहरुमा जाने गरेको छ ।

ति मोटर साईकल कहाँ जान्छन भने वारे प्रहरी प्रहरी समेत अन्योल ग्रस्त देखिएको छ । महानगरी प्रहरी परिसर काठमाण्डौंका प्रहरी प्रमुख उत्तम सुवेदीले राजधानी वाट मोटरसाईक चोरीको घटना बढे संगै मोटरसाईकल चोरका विरुद्धमा कडा रुपमा प्रस्तुत भएको वताए । सुवेदीका अनुसार मोटरसाईकल सहित मोटरसाइकल चोरी गरेपछि लुटेराले नम्बर प्लेट फेरबदल गरेर चलाउने गरेको उनको भनाइ छ ।

काठमाण्डौ प्रहरी प्रमुख सुवेदीले भने, राजधानीमा मोटरसाईकल चोरीको घटनामा वृद्धि भए संगै चोरीको मोटरसाईकल राजधानी आसपासका जिल्लाहरुमा जाने गरेको भने सुचनाको आधारमा अरु जिल्लाहरु संग समन्वयन गरिरहेको र ति गिरोहलाई समाउन छुटै सिभिल प्रहरीको विशेष युनिटले काम गर्ने र सामुदायीक प्रहरी अवधाराणमा गई यस्ता समस्या हल गर्न कुरामा हामी कटिबद्ध छौ ।

पटक पटक विभिन्न स्थानमा चोरीएको मोटरसाईकलहरु प्राय काभ्रे,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,धादिङ,मकवानपुरको पालुङ लगायतको स्थानहरुमा प्रयोग भईरहेको प्रहरीकै एक उच्च स्रोतको दावी पनि छ । आर्थिक बर्ष ०७५÷०७६ मा १३ सय ४५ ओटा मोटरसाईकल हरायो भने निवेदन ट्राफिक महाशाखामा दर्ता भयो । ति मध्य ३ सय ४ ओटा फेला परे ।

महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रुमुख बसन्त कुमार पन्थले मोटरसाइकल चोरीपश्चात् स्वरुप परिवर्तन तथा भिन्न रङ प्रयोेग गरी मोटरसाइकल चलाउने प्रहरीको अनुसन्धानबाट खुलेको बताए ।पक्राउ परेका मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरूले चोरीको मोटरसाइकल नेपालभित्रै १८ हजारदेखि २५ हजार सम्ममा बिक्री गर्ने गरेको प्रहरी स्रोतको दावी छ ।

मोटरसाईकल चोरी गर्ने गिरोह चोरी गर्दे जिल्ला वाहिर बेच्ने गरेका छन् । उनीहरुले दिउसो एक वा दुई चार जनाको समुहमा विभाजन भई मोटरसाईकल पाकिङ, सवारी धनी र घरको पुन जानकारी गरेर मोटरसाईकल चोरी गरिरहेका छन् ।घरमा पाकिङ गरिरहेको मोटरसाईकल स्कुटरवारेमा सवै जानकारी प्राप्त गरे पश्चात मोटरसाईकलको लक टोडेर डाईरेक्ट तारको माध्यमवाट मोटरसाईकल स्ट्रिाट गररे चोरर्ने गरेको पाईएको छ ।

प्रहरी एक स्रोतका अनुसार चोरी गरेको मोटर साईल नकली बिलवुक वनाई बेच्ने गरेको समेत खुलेको वताए । मोटरसाईकल स्कुटर चोरी गरेपछि तुरुन्त मोटरसाईकलको नम्वर फेर्ने सोरुप परिर्वन गर्ने लगायतको काम हुने गरेको पाईएको छ । मोटरसाईकल चोरहरुलाई बेलाबखत प्रहरी मोटरसाईकल सहित पक्राउ पनि गर्दे आईरहेको छ तर सोचे अनुरुप मोटरसाईकल हराउने घटनामा भने कमि आएको छैन ।

मोटरसाईकल चोरलाई पछाँउदै बलम्वु प्रहरी मकवानपुर सम्म


महानगरीय प्रहरी प्रभाग बलम्वुले चोरी दुई वटा मोटर साईकल सहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ चन्द्रागिरी १२ दोम्बुटोल स्थित गोलभेडा टहरा वाट राजेश तामाङ र रेशम तामाङले पार्किङ गरी राखेको प्रदेश ३(०२(००१ प ४५६२ नम्बरको २२० सि.सी.को निलो कलरको पल्सर मोटर साईकल र बा ८९ प ७५९८ नम्बरको २२० सि.सी.को निलो कलरको पल्सर मोटर साईकल चोरी भएको १८ घण्टामै चोरीको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले चोरी भएको भन्ने प्राप्त सुचानाको आधारमा प्रहरीले मकवनापुर, पालुङ स्थित वडा एरियामा लुकाइ छिपाई राखेको भन्ने बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुर सँग समन्वय गरी खोजतलास गर्दा दुई वटा मोटर साईकल सहित एकलाई पक्राउ गरिएको बताए ।

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नयाव उपरीक्षक कुमार विब्रम थापाले पछिल्लो समय चन्द्रागिरीमा मोटरसाईकल चोरी बढि रहेको भने सुचना प्राप्त गरे संगै सिविल प्रहरी खटाईएको वताए । उनले चोरीका मोटरसाईकल धादिङ, मकवानपुरका विभिन्न स्थानमा खोजतलास गर्दा मकवानपुर थाहा न.पा. ७ डाँडाबास सडक खण्डमा गुडिरहेको अवस्थामा देखि पक्राउ गर्ने क्रममा बा ८९ प ७५९८ नं. को मो.सा. चालक मो.सा. छोडि फरार रहेको, मो.सा. बरामद भएको र प्रदेश ३(०२(००१ प ४५६२ नम्बरको चालक जि.मकवानपुर थाहा न.पा. ७ चौबास बस्ने बर्ष ३० को दिपक सिंह थिङ लाई पक्राउ गरिएको बताए ।

बृत्त प्रमुख थापाका अनुसार चोरीमा संलग्न अन्य ब्यक्तिहरुको खोजी कार्य जारी रहेको बताए । चन्द्रागिरी वाटै एक दर्जन भन्दा बढि मोटरसाईकल चोरीको घटनाको निवेदन प्रहरी समक्ष दर्ता भएका छन् ।