काठमाडौँ । काठमाडौँमा बस्ने प्युठानी साहित्यकारहरूको संगठन प्युठान बाङमय केन्द्र काठमाडौँमा गठन भएको छ ।
साहित्य क्षेत्रको विकास र काठमाडौँमा रहेका प्युठानी साहित्यिक मनहरूको एकताका लागि गठन गरिएको उक्त संगठनको अध्यक्षमा भावेश भूमरी र महासचिवमा विजयराज आचार्य चयन भएका छन् ।
शनिबार काठमाडौँको बागबजारस्थित बाल साहित्य समाजको कार्यलयमा प्युठान घर भइ हाल काठमाडौंमा बस्दै आएका लेखकहरूले भेला गरी ९ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा जिवराज भट्टाई, कोषाध्यक्षमा अस्मिता केसी र सचिवमा युवराज शर्मा आविष्कार कला र सदस्यमा ध्रुब बस्याल, मनु बिक, गोबिन्द्र पाण्डे र जितेन्द्र घिमिरे चयन भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार