• ट्रेण्डिङ :

रुपेश तामाङ साेलुथुम्का नृत्य प्रतियोगितामा प्रथम, नगद १० हजार पुरस्कार प्राप्त

रुपेश तामाङ साेलुथुम्का नृत्य प्रतियोगितामा प्रथम, नगद १० हजार पुरस्कार प्राप्त

cnewsnepal

शनिबार, असार २१ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२१ असार,काठमाडौं । श्री नेवा सम्पर्क समूह रामेछाप अन्तर्गत सञ्चालित साेलुथुम्का कला समूहको आयोजनामा भएको साेलुथुम्का नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

रामेछापमा आयोजित उक्त प्रतियोगितामा १८ जना प्रतिस्पर्धी युवायुवतीहरू सहभागी भएका थिए।

कार्यक्रममा नेवा सम्पर्क समूहका संस्थापक अध्यक्ष नन्दबहादुर श्रेष्ठ, वर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू ताराराम श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, केशरबहादुर श्रेष्ठ, टिकाराम श्रेष्ठ तथा भक्तपुरबाट आएका अतिथि रामहरि श्रेष्ठ,खाँडादेवी जेसिजका पुर्व अध्यक्ष तथा युवा व्यवसायी ॐराज श्रेष्ठ लगायत  विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

मनोरञ्जन विभाग प्रमुख हिमाल श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे बोल्दै भने, “हामीभित्र लुकेका प्रतिभा उजागर गर्दै, हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो।”

सल्लाहकार सम्झना श्रेष्ठले समूहले युवालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिँदै भनिन्, “यस नृत्य प्रतियोगिता मार्फत युवाहरूमा रहेको अन्तरनिहित प्रतिभा बाहिर ल्याउनुका साथै नेवारी संस्कृति र परम्परालाई संरक्षण गर्न योगदान पुग्नेछ।”

नृत्य प्रतियोगितामा रुपेश तामाङ प्रथम भई प्रमाणपत्र, मायाको चिनो र नगद १० हजार पुरस्कार प्राप्त गरे। दोस्रो स्थान सोनिका तामाङले हासिल गर्दै नगद ७ हजार पुरस्कार प्राप्त गरिन् भने तेस्रो स्थान जस्मी श्रेष्ठले हात पारिन् र उनले नगद ५ हजार पुरस्कार जितिन्। सृष्टि श्रेष्ठलेले प्रतियोगिताकाे उत्कृष्ट चार स्थान हासिल गरिन ।

साेलुथुम्का कला समूहकी अध्यक्ष सृष्टि श्रेष्ठले प्रतियोगिता सम्पन्न भएपछि प्रतिक्रिया दिँदै भनिन्, “यो प्रतियोगिता हाम्रो संस्कृति जगेर्नाको एउटा प्रयास मात्र नभएर, युवाहरूलाई सक्रिय रूपमा आफ्नो पहिचानप्रति गर्व गर्न सिकाउने माध्यम पनि हो। भविष्यमा अझ धेरै यस्ता कार्यक्रमको आयोजना गरी हामीले हाम्रो संस्कृति बचाउने छौं।”

कार्यक्रमले स्थानीय तहमा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै समुदायमा एकताको भावना बढाएको सहभागी र दर्शकहरूले बताएका छन्।

तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार