• ट्रेण्डिङ :

चन्द्रागिरि र कीर्तिपुर सिमानामा चितुवाकाे आक्रमण परि एक घाइते

चन्द्रागिरि र कीर्तिपुर सिमानामा चितुवाकाे आक्रमण परि एक घाइते

cnewsnepal

बिहिबार, भाद्र ७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


७ भदौ, काठमाडौं । चन्द्रागिरि र कीर्तिपुरको सिमाना नजिक थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका पुनीप्रसाद तामाङ चितुवाकाे आक्रमणमा परि घाइते भएका हुन्

घाइते तामाङकाे अस्पतालमा उपचार भइरहेको थानकोट प्रहरीले जनाएको छ ।घटना भएकाे खवर प्राप्त हुनासाथ थानकोट वृत्तकाे डिएसपी नारायण प्रसाद अधिकारीकाे टाेली घटना स्थल पुगेकाे थियाे ।चितुवा कुखुरापालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ पुगेकाे छ ।


चितुवा भेटिएको स्थान चन्द्रागिरि र कीर्तिपुरको सिमानामा पर्दछ । थानकोट प्रहरीको टोली रातिदेखि नै सो स्थानमा छ भने कीर्तिपुरको टोली भने आज बिहान मात्रै त्यसतर्फ गएको छ ।

थानकोट प्रहरीका अनुसार गएराति एक बजेतिर खोरभित्र सुतिरहेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि ती व्यक्तिले प्रतिरक्षा गर्ने क्रममा चितुवा पनि घाइते भएको प्रहरी वृत्त थानकोटले जनाएको छ । चितुवा नियन्त्रणकाे प्रयास भईरहेकाे जनाएको छ ।

तस्बिर : सञ्चारकर्मी बिरेन्द्र शाक्य कीर्तिपुर 

प्रतिक्रिया
सम्बन्धित समाचार