• ट्रेण्डिङ :

मोति जयन्तीका अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न

मोति जयन्तीका अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न

cnewsnepal

मंगलबार, असोज २ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


युवा कवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा नवगठित केन्टकी साहित्य परिवारद्वारा आयोजित बृहत खुल्ला रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।

साहित्यिक कार्यक्रमको अध्यक्षता केन्टकी साहित्य परिवारका संयोजक बद्रि दाहालले गरेका हुन् ।

श्रृङगार र सयुक्त गजलकासाथ धाराबाहिक ढङगबाट खेम रेग्मीले ऐतिहासिक सभाको सञ्चालन गरेका थिए । कार्यक्रमको औपचारिक उद्घाटन बयोबृद्द ब्यक्तित्वद्वय हरेकृष्ण भेटवाल र गोबिन्द लुइँटेलले संयुक्त रूपमा मोतिराम भट्टको तस्बिरमा माल्यअर्पण गरी सुरूवात गरिएकाे थियाे। उक्त कार्यक्रममा केन्टकी राज्यको लुइभिर र लेक्जिन्टन सहर वरपर बसोबास रहेका नेपाली डायस्पोराका दर्जनौँ साहित्य अनुरागी महानुभावहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दौडानमा श्रृङगारिक भाव धाराका युवा कवि मोतीराम भट्टको संक्षिप्त ब्यक्तित्व र कृतित्वमाथि दधिराम खतिवडाले चर्चा गरे ।

क्रमागत नम्बरका आधारमा रचनावाचनको ब्यवस्था गरिएको कार्यक्रममा प्रबुद्द ब्यक्तित्व शिब दाहालले कवि भट्टको बारेमा थोरै समय खर्चिदै आफ्नै प्रकाशित कविता संग्रहबाट मिठो कारूणिक कविता वाचन गरेका थिए ।

त्यसैगरी कवि थोमस बास्तोलाले पनि आफ्नै प्रकाशित कृति कविता संग्रहबाट तिज बिशेषको कविता प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिले हललाइ शान्तमय तुल्याएको थियो ।

प्रतिब्यक्ति चार वटासम्म रचना प्रस्तुत गर्न निर्धारण गरिएको कार्यक्रममा उदीयमान गजलकार जीवन निरौलाले श्रृङगारिक, प्रेमिल र हास्य रसले भरिपुर्ण सान्दर्भिक गजल बाचन गरेका थिए ।

बद्रि दाहालले रोचक तरिकाले छन्दमा कविता र गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा जमुना खरेल पौड्यालले पनि कोइली स्वरजस्तै छन्दमा कविताको प्रस्तुति ब्यक्त गरिन । साथै उनले क्यान्सर रोगसंग सङघर्ष गरिरहनु भएकी चर्चित छन्द श्लोक वाचिका सरू गुरागाईलाई आर्थिक सहयोग रकम समेत हस्तान्तर गरिएकाे आयाेजकले जनाएको छ ।

प्रवासमा नेपाली भाषा, कला, संस्कृति र साहित्यको जगेर्ना गर्ने, अमेरिकामा हुर्कदै गरेका दोश्रो पुस्ताका सन्ततिलाई नेपाली भाषा, साहित्य श्रृजना गर्न उत्प्रेरित गर्ने एवंम् केन्टकी साहित्य परिवारलाई बृहत फराकिलो बनाउने प्रस्तावित संस्थाले लक्ष्य बोकेको जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार