अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २३ जेठ
काठमाडौं महानगरपालिका २६ मित्रनगर स्थित दाङ स्वर्गद्धारी गेष्ट हाउसबाट झापा शिव सताक्षी नगरपालिका ६ घर भएका ४० वर्षीय गोपाल बुढाथोकीलाई अन्दाजी २ सय ७५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसमा जाँच गर्ने क्रममा कोठा नम्बर १०४ माबसेकाबुढाथोकीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर,उदयपुरगढी गाउँपालिका(७ कोल्टेबाटसिरहाधनगढीमाईनगरपालिका(२बस्ने१५ वर्षीयसुमनतामाङ समेत ६ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अबैध लागूऔषध गाँजा बिक्री बितरण भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस स्थानीय सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।