• ट्रेण्डिङ :

काभ्रेमा प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

काभ्रेमा प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

cnewsnepal

शुक्रबार, कार्तिक ३ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


३ कात्तिक,काभ्रे । प्रहरीले भन्सार छलि ल्याएकाे चिनी काभ्रेमा बरामद गरेकाे छ ।

इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको हाे ।

इलाका प्रहरी कार्यालय बनपाका प्रमुख लालध्वज सुवेदीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको बताए ।

डिएसपी सुवेदीले भने,”ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु. पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु. ४२ हजारको धान बरामद गरिएको छ ।”

उनका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा– २ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइ थप अनुसन्धान गरिएकाे बताए ।

सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार