१९ कात्तिक, काठमाडौं । तिहार लक्षित भाई मसला कारखानामा स्थानिय जनप्रतिनिधिले छापा हानेका छन्।
ताहाचल स्थित संजय गुप्ताले सञ्चालन गरेको कारखानामा विशेष सुचनाको आधारमा निरीक्षण गर्दा अखाद्य र गुणस्तरहिन र मिति गुज्रीएका सामाग्री फेला परेको हो ।
काठमाण्डौ महानगरपालिका वडा नम्वर १३ का स्थानीय जनप्रतिनिधि रञ्जनी महर्जन र रामबावु कोईराला सहितको अनुगमन तथा निरीक्षण टोलीले अखाद्य वस्तु फेला परेपछि प्रहरी बृत्त कालीमाटीलाई खवर गरेको थियो ।

कामनपा वडा नम्वर १३ का वडा सदस्यहरु दायाँ रञ्जनी महर्जन, वायाँ वडा सदस्य रामवावु कोईराला
काठमाण्डौ महानगरपालिका वडा नम्वर १३ की वडा सदस्य रञ्जनी महर्जनले म्याद सकिएका लाखौ मुल्य वरावरको दिपावलीमा प्रयोग हुने भाईमसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, वखर,सुपारी लगायतका सामाग्रीहरू फेला परेको बताईन ।

उक्त कारखानामा म्याद सकिएका विभिन सामाग्रीहरु महानगरपालिका बाट अनुगमन गरि कामपा १३ वडा को समन्वयमा कारखाना सिलवन्दी गरिएको छ ।सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामाग्रीको प्रयोग गरेको अभियोगमा कारखाना सञ्चालक संजय गुप्तालाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको वडा सदस्य रामवावु कोईरालाले बताए ।तिहार लक्षित भाईमसला का सामानहरू अहिले सम्म नारायणघाट, त्रिसुलि, टिकापुर सप्लाइ भैसकेको देखिएको स्थानिय जनप्रतिनिधिहरुको दावी छ ।
।