• ट्रेण्डिङ :

होटल संचालकसहित सात जना जुवा खेल्दा खेल्दै पक्राउ

होटल संचालकसहित सात जना जुवा खेल्दा खेल्दै पक्राउ

cnewsnepal

शुक्रबार, कार्तिक २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २४ कात्तिक : काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका संचालकसमेत ७ जना जुवा खेल्दा खेल्दै बिहीबार राति पक्राउ परेका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले संचालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार