२४ कात्तिक,काठमाडौं ।संखुवासभा १२ वर्षअघिको हत्या गरि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सामान्य विवादमा साथीको हत्या गरि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि संखुवासभा प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी ) घनश्याम श्रेष्ठले हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई पक्राउ गरेको सिन्युज नेपाललाई बताए ।
धर्मदेवी नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक तामाफोक गाउँपालिका–५ (हाल धर्मदेवी-२) का रविन जिमीको हत्या गरेको आरोप छ,डिएसपी श्रेष्ठले भने।”
घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेकाे सुचना डिएसपी श्रेष्ठले पाएका थिए । साेही सुचनाका आधारमा प्रहरीले आराेपित भाग्न सक्ने संकेत हुदा सादा पाेशाकका सुचना संकलक र केही प्रहरी आराेपित जिमी घर नजिक पुगेका थिए ।
उनलाई धर्मदेवी नगरपालिका-२ तामाफोकबाट प्रहरीले पक्राउ गरि जिल्ला जिल्ला प्रहरी कार्यालय संखुवासभाका पुर्याईएकाे थियाे ।
घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेका थिए ।
डिएसपी श्रेष्ठका बताए अनुसार युवतीको विषयमा विवाद हुँदा रामकुमार जिमी,बुद्धिराज जिमीसहितले रविनको हत्या गरेको अभियोग छ । डिएसपी श्रेष्ठले भने,’हत्या पश्चात् पक्राउ पर्ने डरले कहिले काठमाडौ कहिले धरान वस्दै अाईरहेकाे र ज्याला मजदुरी गरि बसेकाे थाहा भएकाे खुल्न अाएकाे छ ।’
घटनापछि घर बाहिरै बसेका उनले ६ वर्षअघि विहे पनि गरेका थिए । घटनाको १२ वर्षपछि तिहार मान्नका लागि घर पुगेका बेला उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई जिल्ला अदालत संखुवासभामा पेश गरेको छ।