८ मंसिर, जनकपुरधाम । सशस्त्र प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले महोत्तरीबाट भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका(३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२(००६प(१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।
दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।