• ट्रेण्डिङ :

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना सार्वजनिक, पूर्वसैनिक समेत संलग्न

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना सार्वजनिक, पूर्वसैनिक समेत संलग्न

cnewsnepal

बुधबार, मंसिर २० २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । नेपालीलाई रुसी सेनामा पठाउने कार्यमा संलग्न १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको १२ जनाको समूहमा पूर्वसैनिक समेत रहेका छन्।

उनीहरूमध्ये ११ जना मंसिर (१४ गते) र एक जना सोमबार ९१८ गते० पक्राउ परेका थिए।

उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो।

मंसिर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोका र सन्तोष नेपाल पक्राउ परेका थिए। त्यस्तै सोमबार ९मंसिर १८० गते द्रोण डाँगी पक्राउ परेका थिए।

सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको छ।

युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रले हालै सार्वजनिक गरेको सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन्।

नेपालीलाई रसियन सेनामा पठाउने मध्येका उदयपुरको कटारीका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा नेपाली सेनामा कार्यरत थिए। उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका बहालवाला कर्मचारीका पासपोर्ट संकलन गरेर रसियाको सेनामा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। हरिले २ पटकमा १८ जनालाई रसिया पठाएको खुलेको छ।

यस्तै, रसियन सेनामा जानेमध्ये अधिकांश प्रहरी र सशस्त्र प्रहरी रहेको पाइएको छ । उनीहरुमध्ये केही बहालवाला प्रहरीसमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार