नेपाल भ्रमण वर्षलाई लक्षित गरी ठमेलमा खुल्यो ‘सट स्टेशन’

काठमाडौँ, ४ असार । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ‘सट स्टेशन’ खुलेको छ ।

लाउन्ज र बारको सेवा प्रदान गर्ने उदेश्यका साथ युवा व्यवसायी आनन्द खनाल र धर्मराज पनेरुको लगानीमा प्रमुख पर्यटकीय गन्तव्य ठमेलको नर्सिङ चोकमा ‘सट स्टेशन’ स्थापना गरिएको हो ।

पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ‘क्याफे व्लिज’को ठाउँमा उक्त स्टेशन निर्माण गरीएको सन्चालक खनाल बताउँछन् । रु पचास लाख बराबरको लगानी तथा पचास जना बराबरकै क्षमता स्टेशनमा रहेको छ ।

दिउँसो ११ बजेदेखि राती दुई बजेसम्म स्वदेशी तथा विदेशी युवालाई सेवा प्रदान गर्ने उदेश्यका साथ स्थापना भएको स्टेशनमा स्वदेशी तथा विदेशी स्न्याक्सका साथमा चालिस भन्दा बढी सट भेराइटी लिन पाइन्छ ।

यसभन्दा पहिला खिचापोखरी न्यूरोड क्षेत्रमा ‘भिन्तेज रेष्टुरेन्ट’ सञ्चालन गरेर व्यवसायमा सफलता प्राप्त गरेका खनाल र पनेरुले आगामी दिनमा उपत्यकाका विभिन्न ठाउँ तथा उपत्यका बाहिर शाखा खोल्ने लक्ष्य राखेको सन्चालक पनेरु बताउँछन् ।

विदेशमा होटल म्यानेजमेन्टको शिक्षा हाँसिल गरी स्वदेश फर्केका खनाल र पनेरुसँग एक दशक लामो होटल तथा रेष्टुरेन्ट क्षेत्रमा अनुभव भएकाले आगामी दिनमा अर्गानिक फार्ममार्फत अर्गानिक खाद्यान्न ‘सट स्टेशन’मा ल्याएर स्वदेशी तथा विदेशीलाई खुलाउने लक्ष्य राखेका छन् ।

हरेक दिन ‘ओपन माइक’, बुधबार महिलालाई विशेष अफर तथा फुड, ड्रिङ्स, म्युजिकजस्ता विशेष अफर तथा योजना अगाडि सारेको ‘सट स्टेशन’ बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ ।