• ट्रेण्डिङ :

२ करोड नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

२ करोड नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

cnewsnepal

सोमबार, माघ २९ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२९ माघ, काठमाण्डौं । प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित एक् भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इनरुवा नगरपालिका(४ स्थित सुनसरी खोलाको पुलनजिकबाट भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट प्रहरीले बरामद गरेको हो ।

सुनसरीका प्रहरी उपरीक्षक एसपी विपिन रेग्मीले सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको बताए ।

प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार