२९ माघ, काठमाडौं । प्रहरी बनि ठगी कार्य गर्दे हिड्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बृत्त थानकोटको टोलीले नकली महिला प्रहरी बन्दै ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको हो ।
प्रहरीको स्रोत अनुसार पक्राउ पर्नैमा बैतडी जिल्ला पुर्चाैडी नगरपालिका ६ घर भई काठमाण्डौं १४ नैकाप डेरा गरि बस्ने बर्ष २४ को अमिला कुमारी साँउदलाई पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार नक्कली प्रहरी साँउदले प्रहरी सहायक निरीक्षक वाट बढुवा भएर प्रहरी नायव निरीक्षकमा बढुवा भएकौ भन्दै राष्ट्र्रिय अनुसन्धान विभागमा जागरि लगादिने भन्दै १ लाख ५० हजार ठगी गरेको प्रारभिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनको साथवाट प्रहरी सहायक निरीक्षककको पुली सहितको वर्किड ड्रेस सेट,सिम काड बरामद गरेको छ ।
प्रकाउ परेकी महिलालाई नियन्त्रणमा थानकोट बृत्तले थप अनुसन्धान गरिरहेको छ ।