९ फागुन,काठमाडौं । स्वयम्भूमा तीन जनाको शव फेला परेको छ ।
बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार शव फेला परेको सूचनालगत्तै स्वयम्भु वृत्तबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ ।
मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको आशंका गरिएको छ ।
उनीहरुको शव भेटिएपनि घरको मुख्य मान्छे फरार रहेको बताइएको छ । घटनास्थलबाट एउटा धारिलो हतियार समेत बरामद भएको छ ।
‘घरेलु हतियार प्रयोग भएको रहेछ । मृतककी श्रीमान धने घटनास्थलमा फेला परेका छैनन् । उनीमाथि शंका छ, फरार रहेकाले उनको खोजीकार्य भइरहेको छ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकृतले भने ।