• ट्रेण्डिङ :

परिवार सखाप पारेपछि डाेरी बाेकेर जङ्गल छिरेका थिए काजी

परिवार सखाप पारेपछि डाेरी बाेकेर जङ्गल छिरेका थिए काजी

cnewsnepal

बुधबार, फाल्गुन ९ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेकाे प्रहरीको जनाएको हाे । काजी हत्या पश्चात् डाेरी बाेकेर जङ्गल छिरेका थिए ।

नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु मजदुरी काम गर्थे । राजु हत्या पश्चात् घटना स्थलबाट करिव दुई किलोमिटर नागर्जुन ५ हरिसिद्धीकाे जङ्गलमा आत्म हत्या गरेका थिए । साेही स्थानका स्थानीय सुधा तामाङले जङ्गलवाट काेहिले जिस्काए जस्तो लागे पछि काेहि मृत्यु भएकाे शङ्खा लागेपछि ११:१२ तिर प्रहरीलाई फाेन गरेकी थिईन् ।

आफन्तका अनुसार ईश्वरीको दोस्रो बिहे थियो । पहिलो श्रीमानबाट भएको छोरा विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठसँगै बस्दै आएका थिए ।

घटना पारिवारिक कहलका कारण हुन सक्ने आशङ्का गरिएकाे छ ।

राजुले हत्याका पश्चात् आफ्नत सवैलाई फाेन गरि सुचना दिएका थिए ।

घटना स्थलवाट प्रहरीले हम्मर र चक्कु प्रहरीले बरामद गरेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार