• ट्रेण्डिङ :

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

cnewsnepal

शुक्रबार, फाल्गुन ११ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


बारा – प्रहरीले नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ

बाराको निजगढ नगरपालिका ९ स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दै गरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका(२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझी छन् ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नक्कली नोटसहित नियन्त्रणमा लिएको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार