• ट्रेण्डिङ :

सर्लाहीबाट स्राेत नखुलेको १४ लाख १० हजार नगद बरामद,एक पक्राउ

सर्लाहीबाट स्राेत नखुलेको १४ लाख १० हजार नगद बरामद,एक पक्राउ

cnewsnepal

शुक्रबार, फाल्गुन १८ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


१८ फागुन काठमाडौं । प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद भएको छ।

जिल्ला सर्लाही लालबन्दी न.पा. १४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोट बाट खटिएको गस्ती टोलीले स्राेत नखुलेकाे रकम सहि एकजनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद ने.रु. १४ लाख दश हजार र एक जनालाई पक्राउ गरिएकाे बताए ।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा माेटरसाईकल चालक जिल्ला सर्लाही लालबन्दी न.पा. १४ बस्ने अं. वर्ष ४६ को धन बहादुर पाख्रिन छन् ।

प्रहरीका अनुसार पाख्रिनले पछाडी बोकेको कालो झोलामा अबैध रकम सहित सवार हुँदै थिए । पक्राउ परेका पाख्रिनलाई ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार