• ट्रेण्डिङ :

नक्कली प्रहरी सक्कलीको फन्दामा !

नक्कली प्रहरी सक्कलीको फन्दामा !

cnewsnepal

शनिबार, फाल्गुन १९ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


पोखरा । आफूलाई प्रहरी बताउने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ शान्तिनगर चोक बस्ने वर्ष ३२ को नारायण गिरी र सप्तरीको डाक्लेश्वरी नगरपालिका–७ घर भई हाल पोखराको फुलवारी बस्ने वर्ष २१ को विवेक ठाकुर रहेका छन्।

फागुन १७ गते लेकसाईडमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै ‘हामीहरू प्रहरीको ठूलै व्यक्ति हौँ भनी रेडियो सेट (वाकिटाकी) समेत देखाई डर त्रास देखाई धम्की दिँदै हिँडेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूलाई सम्झाई बुझाई गर्दा उल्टै डिउटीमा खटिएका प्रहरी कर्मचारीलाईसमेत अपशब्द बोली गाली गलौज गरी अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ।

उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कर्यालय कास्कीबाट १० दिनको म्यादथप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार