• ट्रेण्डिङ :

प्रहरी प्रभाग बलम्वुले लिखित सम्बन्धी कसूर गर्दा गर्दै पक्राउ

प्रहरी प्रभाग बलम्वुले लिखित सम्बन्धी कसूर गर्दा गर्दै पक्राउ

cnewsnepal

आइतबार, फाल्गुन २० २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२० फागुन काठमाडौं । प्रहरीले काठमाडौंकाे चन्द्रागिरिवाट लिखित कसूर गर्दा गर्दैको अवस्थामा कागजात सहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग बलम्वुले काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.०५ स्थित यातायात व्यवस्था कार्यालय मोटरसाईकल, गुर्जुधाराबाट उक्त कसूर गर्दा गर्दै एकजनालाई पक्राउ गरेकाे हाे ।

प्रहरी वृत्त थानकोटका डिएसपी नारायण प्रसाद अधिकारीले पक्राउ पर्नेमा जिल्ला बारा देवताल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नंम्वर १४ बस्ने बर्ष २५ को सोयाऐल मिंया अन्सारी छन् ।

डिएसपी अधिकारीका अनुसार यातायात कार्यालयमा बा. ३९ प २८०४ नं. को मोटरसाईकलको सवारी दर्ता किताब (ब्ल्यू बुक) नविकरण तथा कर भुक्तानी गर्न भनि आएका लाई शंका लागी चेकजाँच गर्दा निजले किर्ते हस्ताक्षर गरेकाे प्रारम्भिक अनुसन्धानवाट खुलेकाे बताए ।

प्रहरीका अनुसार यातायात कार्यालयको आधिकारिक हस्ताक्षर समेत नभएको फेला पारेकाे हाे । पक्राउ परेका मियाँलाई यन्त्रणमा लिई आवश्यक अनुसन्धान गरी थप कारवाहीको लागी प्रहरी वृत्त, थानकोटमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार