• ट्रेण्डिङ :

१२ वर्षिया नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार अभियुक्तलाई पक्राउ

१२ वर्षिया नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार अभियुक्तलाई पक्राउ

cnewsnepal

मंगलबार, फाल्गुन २२ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


२२ फागुन,काठमाडौं । प्रहरीले १२ बर्षकी नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार रहेको अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले १२ बर्षकी नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी दयाँनिधी ज्ञवालीले ११ महिनाअघि सर्लाहीको ईश्वरपुर नगरपालिका(१० स्थित फुलजोर खोलामा राम्ररी बोल्न नसक्ने नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार रहेका टेके सार्की रम्तेललाई पक्राउ गरेको बताए ।

पक्राउ परेका सार्कीले गत २०८० वैशाख ७ गते अन्दाजी १स्३० बजेको समयमा फुलजोर खोलामा राम्ररी बोल्न पनि नसक्ने नावालिकालाई जबर्जस्ती करणी गरे लगत्तै उनी फरार भएका थिए ।

जबरजस्ती करणीबाट बोकेको गर्भबाट ती नावालिकाले पुस १५ गते बच्चालाई समेत जन्म दिएकी थिइन् । तर जन्म दिएको शिशु अशोक कुमारको भोलिपल्टै उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा मृत्यू भएको प्रहरीले जनाएको छ ।

त्यसपछि पीडित नावालिकाको आमाले अभियुक्तलाई खोजी गरिदिन भन्दै सार्कीविरुद्द किटानी जाहेरी दिएकी थिइन् ।

प्राप्त जाहेरी दरखास्त जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पिडितलाई तत्कालै बिशेष शारीरिक जाँचको लागी प्रादेशिक अस्पताल मलंगवा पठाई पिडितबाट जन्म भएको नावालक शिशुको डिएनए जाँचको नमुना समेत संकलन गरी परीक्षणको लागि केन्द्रिय प्रहरी बिधि बिज्ञान प्रयोग शाला काठमाडौ पठाइएको थियो ।

किटानी जाहेरीपछि ११ महिनासम्म लुकिछिपी बस्दै आएका सार्कीलाई व्यापक मात्रामा प्रहरी परिचालन गरि १९ गते अन्दाजी २ बजेको समयमा सर्लाही ईश्वरपुर नगरपालिका ८ स्थित घरबाटी फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त सार्कीको समेत बिशेष शारीरिक जाँच तथा डिएनए म्याचिङको लागी नमुना संकलन गर्ने लगायतको अनुसन्धान कार्य भईरहेको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दयानिधी ज्ञवालीले बताए ।

निज सार्कीले समेत प्रारम्भिक रुपमा सोधपुछ गर्दा आफुले पिडित नावालिकालाई जबरजस्ती करणी गरेको भनी प्रहरीसमक्ष स्वीकार गरेको एसपी ज्ञवालीले बताए ।

यता मृत्यु भएको शिशुको समेत लाशजाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टम गराई प्रहरीले शव सतगतको लागि परिवारलाई जिम्मा लगाइसकेको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार