• ट्रेण्डिङ :

धादिङमा बस खस्दा ७ जनाको मृत्यु, ४० जनाको उद्धार

धादिङमा बस खस्दा ७ जनाको मृत्यु, ४० जनाको उद्धार

cnewsnepal

बुधबार, फाल्गुन २३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२३ फागुन, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गोतम केसीले जानकारी दिए ।

गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए।
एसपी केसीका अनुसार वसमा ४० जना सवार थिए भने खवर छ सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४स्४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको बताए ।

बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको हो। चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि रामलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

दुर्घटनास्थलबाट ४० जनाको उद्धार गरिएको छ ।नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको सय जनाभन्दा बढी उद्धारकर्मी खटिएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार