२४ फागुन,काठमाडौँ । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी बृत्त थानकोटका डिएसपी नारायण प्रसाद अधिकारीका अनुसार बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको बताए ।
उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको थानकोट बृत्तले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार