• ट्रेण्डिङ :

प्रहरी प्रभाग सानेपाले भारी मात्रमा अबैध लागु औषधसहित एक जना पक्राउ

प्रहरी प्रभाग सानेपाले भारी मात्रमा अबैध लागु औषधसहित एक जना पक्राउ

cnewsnepal

आइतबार, फाल्गुन २७ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


२७ फागुन, काठमाडौं । प्रहरी प्रभाग सानेपाले भारी मात्रमा अबैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महानगरपालिका वडा नं ४ नख्खु दोबाटो खरिबोटमा प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीको कमाण्डमा खटिएको टोलीले लागुऔषध र पिकअप गाडी सहित एक जनालाई पक्राउ गरेको हो ।

भैसेपाटिदेखि जावलाखेल तर्फ जादै गरेको पिकअप गाडी बसि केही मानिसहरुले लागूऔषध विक्रि गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध सहित एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी परिसरका प्रमुख एस.एसपी शेखर खनालका अनुसार पक्राउ पर्नेमा गाडी चालक ललितपुर महानगरपालिका वडा नं २५ बस्ने वर्ष ३२ को सुरेश पण्डित क्षेत्री छन् ।

पक्राउ परेका पण्डितको साथवाट नोओफिल १४३ एम्पुल,डाईजापाम १५२ एम्पुल, फेर्नागन १२८ एम्पुल सहित बा ४च ८८७४ नं को माज्दा पिकअप गाडी बरामद गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ । पक्राउ परेका पण्डितलाई ललितपुर जिल्ला अदालतबाट लागु औषध नियन्त्रण ऐन २०३३ को दफा २२ को ग बमोजिम पाँच दिनको अनुमति लिई थप अनुसन्धानको कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार