२७ फागुन, काठमाडौं । ललितपुर प्रहरीले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।
ललितपुर, गोदावरी नगरपालिका वडा नम्वर ३ नयाँबाटोमा लागु औषध कारोवार भई रहेको भन्ने गोप्य सूचनाको
आधारमा प्रहरी प्रभाग बाडेगाऊँबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेन्द्रराज सुवेदीका अनुसार पक्राउ पर्नेमा जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर ३ बस्ने वर्ष ३६ को रमेश
बिष्ट, जिल्ला पाल्पा घर भई हाल ललितपुर कुसुन्ति बस्ने बर्ष २८ को मिलन सारु,जिल्ला काभ्रे घर भई हाल ललितपुर ठैव बस्ने बर्ष ३१ को सुवर्ण कुवँर,जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं ३ किटनी बस्ने बर्ष ३० को करण श्रेष्ठ, जिल्ला रुपन्देही घर भई हाल ललिपुर टौखेल बस्ने बर्ष २४ को आशिष वानिया,जिल्ला बारा घर भई ललितपुर गोदावरी नगरपालिका वडा नंम्वर ४ वडिखेल बस्ने बर्ष ३० को नवराज पाठक छन् ।
प्रहरीले उनीहरुको साथवाट नोओफिल १७ एम्पुल ,डाईजापाम १८ एम्पुल, फेर्नागन १९ एम्पुल, फलामको चकु एक थान सहित बा ७३ प ८८५९ को स्कुटर बरामद गरेको छ । पक्राउ परेकाहरु विरुद्ध ललितपुर जिल्ला अदालतबाट लागु औषध नियन्त्रण ऐन २०३३ को दफा २२ (ग) बमोजिम आठ दिनको अनुमति लिई थप अनुसन्धानको कार्य भई रहेको ललितपुर प्रहरीले जनाएको छ ।