२८ फागुन काठमाडौं । संखुवासभा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
कर्तव्य ज्यानसम्बन्धी घटना गराई फरार भएका जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्वर ११ हरेलोका बर्ष ३१ को मंशिरे शेर्पा लाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्वर(७ स्थित नयाँ भैरवी दल गुल्म ब्यारेक अगाडी खड्ग बहादुर श्रेष्ठको घरमा कोठा डेरा गरी बस्ने जिल्ला संखुवासभा सिलिचोङ गाउँपालिका वडा नम्वर २ घर भएकी बर्ष २६ की बिना कुमारी राईलाई कुटपिट पश्चात कर्तव्य गरी मारी फरार प्रतिवादी पक्राउ गरिएको बताए ।
डिएसपी श्रेष्ठले अनुसन्धान गर्ने क्रममा फरार प्रतिवादी जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्वर ७ बेलफेयर डाँडा नजिकै राजन शेर्पाको घरमा लुकीछीपी रहेको अवस्थामा पक्राउ गरिएको बताए । प्रहरीको प्रारंभिक अनुसन्धानमा शेर्पा र मृतक राई केहि समय देखी लिभिङ टुगेदरमा सँगै कोठा डेरा गरी बस्दै आएको खुलेको छ ।
शेर्पा र मृतक राईको सामान्य घरायसी विवाद हुदा मादक पदार्थ सेवन गरी आई कुटपिट पश्चात कर्तव्य गरी मारी फरार भएका थिए । आरोपी शेर्पालाई लुकीछीपी रहेको अवस्थामा पक्राउ गरी कानूनी दायरामा ल्याई थप अनुसन्धान भई रहेको संखुवासभा प्रहरीले जनाएको छ ।