धादिङ, २८ फागुन । प्रहरीले धादिङवाट ९ किलो चरेशसहित दुई जना पक्राउ गरेको छ ।
थाक्रे गाउँपालिका ३ अमर्खबाट अवैध लागूऔषध चरेश करिब ९ किलो ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम केसीले पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका ८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय सागर भन्ने नारायण दमाई रहेका छन् ।
प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्राबाट महादेववेशीतर्फ जाँदै गरेको ना.४ ख ४८३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेशसहित पक्राउ एसपी केसीले बताए ।पक्राउ परेका दुई जनालाई लागुऔषध ऐन २०३३ अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको जनाएको छ ।