• ट्रेण्डिङ :

भारतीय प्रहरीको सूचना : दुई पेसेवर डाँका जिल्लामा लुकेका छन्

भारतीय प्रहरीको सूचना : दुई पेसेवर डाँका जिल्लामा लुकेका छन्

cnewsnepal

मंगलबार, चैत्र ६ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


६ चैत, सर्लाही । प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न दुई जना भारतीय डाँकालाई गोली हानी पक्राउ गरेको छ ।

जिल्ला सर्लाही बरहथवा नगरपालिका– ६  मगर टोल स्थितमा इप्रका बरहथवा सर्लाही बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले खोज तलास गर्दै जाँदा २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले पक्राउ पर्नेमा भारत बिहार प्रदेश जिल्ला सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने वर्ष २८ को सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने वर्ष २४ को जितेन्द्र कुमार राउत छन् ।

एसपी दयानिधी ज्ञवालीका अनुसार प्रहरीले विशेष अप्रेसनमा डेरामा शंका लागि चेक जाँच गर्दा जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको अमेरिकन पेस्तोलवाट एक राउण्ड प्रहरीलाई फायर खोलेका थिए ।

प्रहरीले उनीहरुको साथबाट ९ एमएम लेखेको अमेरिकन पेस्तोल एक थान गोली ६ राउण्ड र फायर भएको खोका थान १ सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुई पेसेवर डाँकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही लैजाने क्रममा बसबरिया गाँउ पालिका ६ पोखरीयाबाट ७०० मिटर अगाडी मलंगवा तर्फको बाटोमा गाडीबाट भाग्ने क्रममा जितेन्द्र कुमार राउतलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट चाईनिज पेस्तोल टाईप ५४ बाट ५ राउण्ड फायर खोल्दा जितेन्द्र कुमार राउतको बाँया घुडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको थियो ।

घाईतेको प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेकोमा थप उपचारको लागि जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् ।भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार