६ चैत, काठमाडौं ।प्रहरीले साथीको हत्या गरि फरार एकजनालाई पक्राउ गरेकाे हाे ।
प्रहरीले अनुसन्धानकाे क्रममा २१ वर्षसम्म फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरि शार्वजनिक गरेकाे हाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानका डिएसपी अनिल घिमिरेले पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान घर भएका ४१ वर्षीय तिखे भनिने तेजबहादुर राई छन् ।
प्रहरी स्रोतका अनुसार उनी भारतबाट पक्राउ परेका हुन् । राईले २१ वर्षपछि २०५९ असोज १४ गते काठमाडौं महानगरपालिका–२९ मरुढोका इनाटोलस्थित राँगा काट्ने बधशालामा सञ्जय शाहीको हत्या गरि फरार भएका व्यक्ति हुन् ।
हत्या पछि राई भारत पुगेकाे अनुसन्धान बाट खुलेकाे र भारतमा पनि उनले मासु काट्ने काम गर्दै आएका थिए डिएसपी घिमिरेले भने ।”
इनाटोलका स्थानीय बासिन्दा शाहीसँग मदिरा सेवन गरेर भनाभन भएपछि राईले हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले बताए ।
विनोद शाहीले सञ्चालन गरेका बधशालामा हत्या गरेर शाहीको शव विष्णुमति खोला किनारमा फालिएको थियो ।