११ चैत, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको सामान बरामद गरेको छ ।
प्रहरीले अवैध तस्करी नियन्त्रण अभियानै सञ्चालन गरि ६ लाख ६२ हजार ३ सय रुपैया बराबरको सामान प्रहरी बमद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही,प्रहरी चौकी दुवेथुमुवा, इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको संयुत्त प्रहरी टोली विभिन्न स्थानहरुवाट तस्किरीका साम्रागी नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको पाईन्ट ३६ पिस, टिसट ९० पिस, सर्टको कपडा ३७ पिस, र सारी १० पिस,प्याज १५ बोरा, चिनी १४ वोरा, चामल १२ बोरा, डि.ए.पि. मल ४ बोरा, मटरदाल २ बोरा, मोवाईलको कवर ६०० पिस, अबिर कलर ३० के.जी, कुरकुरे, लेस, बिस्कुट,बेबारिसे अवस्थामा रहेको जिउदो ब्रोइलर कुखुरा ५३ पिस वरामद गरेको छ ।
प्रहरीले लु ५ प ३४१४ नम्वरको युपी ५३ वि सी ७१८३ र युपी ५६ सी ५१७४ ।नम्वरको मोटरसाईकल समेत नियन्त्रमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको साम्रागी र मोटरसाईकल भन्सार कार्यालय बुझाइएको छ ।