काभ्रे । लागुऔषध प्रयोगकर्ता युवकले एक वृद्वाको हत्या गरेका छन् । मिति २०८० फागुन १८ गते दिउँसो १ बजेको समयमा काभ्रे जिल्लाको धुलिखेल न.पा. वडा नं.९ घर भई हाल बनेपा न.पा. वडा नं. १३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा एक्लै डेराकोठा लिई बस्ने वर्ष ८३ की लक्ष्मी तामाङलाई सोही घरमा डेरा लिएर बस्ने धरान उपमहानगरपालिका ८ सुनसरी जिल्ला स्थाई घर भएका २९ वर्षका सन्तोष आचार्जुले हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीलाई वृद्वा महिला आफ्नै डेराकोठामा मृत अवस्थामा फेला परेको, मृतकले कानको लगाएको सुनको रिङ (मुन्द्रा) समेत नरहेको भन्ने खबर प्राप्त हुना साथ ई.प्र. का. बनेपाबाट अनुसन्धानको विशेष टोली सहितको घटनास्थलमा गई सुक्ष्म अध्ययन गहरी घटनास्थल तथा लासाँच मुचुल्काको कार्य सम्पन्न गरिएको र सो क्रममा प्रारम्भिक अनुसन्धानमा शवको प्रकृती हेर्दा शंकास्पद देखिएको, मुखबाट रगत अगी सुकेको र घाँटी लन्याक, लुरुक अवस्थामा रहेकोले प्रहरीले हत्याको अनुमान लगाएको थियो।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी भन्छन् – मृतक लक्ष्मी तामाङ बिगत १ वर्ष देखि बसन्त श्रेष्ठको घरको भुईतलामा एक्लै डेराकोठा लिई बस्दै आएका थिए । फागुन १८ गते उक्त घरको माथिल्लो तल्लामा बस्नेले लक्ष्मी तामांङको चालचुल नदेखेपछि ढोका खोली हेर्दा खाटमा सिरक ओडी सुतिरहेको अवस्थामा देखि बोलाउदा नबोल्ने र चलमल समेत नगर्दा शंका लागि मृतकको परिवारलाई खबर गरेका थिए ।
सोही घरको भुईतलामा २९ वर्षको एक युवक बिगत ३/४ बर्षदेखि मृतक लक्ष्मी तामाडको कोठासँगै रहेको अकों कोठामा एक्लै बस्दै आएको बुझिए पछि प्रहरीले अनुसन्धान शुस्म तरिकाले सुरु गरेको थियो ।, बुझ्दै जाँदा उक्त युवक लागू औषध सेवनकर्ता रहेको र घर परिवारबाट अगल बस्ने गरेको बुझिएको सुवेदीको भनाइ छ । घटनामा युवकको संलग्नता को विषयमा प्रहरीले अनुसन्धान गर्दा मृत बृद्वा लक्ष्मी तामाङसँग रातको समयमा पानी, खाने कुरा समेत माग्नुका साथै धम्काउने समेतका क्रियाकलाप गर्ने गरेको, आफुलाई असुरक्षित महशुस भएको भनि आफ्नो छोराछोरीलाइ बताएको भनि खुल्न आएको बुझिनँ आए पछि प्रहरीको टोलीले युवक लक्षित अनुसन्धान आगाडी बढाएको थियो ।
उक्त घटना पश्चात युवक कोठामा आउन छोडेको, निजको गतिविधिहरु शंकास्पद पाईनुका साथै निजको साथीहरुसंग बुझ्दा आरोपी युवकले अन्य समयभन्दा पैसा धेरै खर्च गर्ने गरेको र ऋण समेत तिरेको भन्ने बुझिन आएको थियो ।
प्रहरीले मृतकको शव परिक्षण प्रतिवेदनमा मृतकको बाँया साईडको ४ इन्च”- देखि ७ इन्च रिबस फ्रयाक्चर रहेको र घाँटीमा सुन्नेको भनि खुल्न आएको थियो ।
प्रहरीले आरोपी युवक लाई चैत्र १३ गते धुलिखेलबाट पक्राउ गरिएको र जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिएको बताइएको छ ।
पक्राउ परेका आचर्जुमाथि प्रहरीले सोधपुछ गर्दा घटना बारे आफूले २०८०/११/१७ गतेका दिन बिहान मृतकको कोठामा छिरी सुतेको अवस्थामा फेला पारी घुडाँले छातीमा थिची, मुख समेत धुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिड लुटी लिई गएको भनि स्विकार गरेको समेत प्रहरीले जनाएको छ ।
लुटेको सुनको रिङ बनेपा न.पा. बडा नं. ८’ चारदोबाटो स्थितमा रहेको बिबेक रत्न सुनचाँदी पसलमा लिई गई धितो राखी जम्मा नगद रु.३६,०००/- (अक्षररुपी छत्तिस हजार) लिएको भनि प्रहरी सामु अनुसन्धानको क्रममा आरोपीले बताएको प्रहरीले जनाएको छ ।