पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका दुईजना इन्जिनियर पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिएको भन्दै महानगरपालिकाका नक्सा शाखाका इन्जिनियर शिवराज बराल र सबइन्जिनियर उषाकिरण रोकायालाई पक्राउ गरेको हो ।
उषाकिरण गएको चैत २८ गते सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।
सो प्रकरणमा गोदार कन्सल्टेन्सीका सुरज कुँवर पनि पक्राउ परेका थिए भने गहिरिएर अनुसन्धान गर्ने क्रममा बराल पनि संलग्न भेटिएको अख्तियारका पोखरा प्रवक्ता जगदीश शिवाकोटीले जनाए।
बराललाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइएको छ।
नक्सा पास गर्ने क्रममा इन्जिनियरसहितको गिरोहले पटकपटक घुस लिएको भेटिएको अख्तियारको जिकिर छ।