१८ लाख ८७ हजार नगद सहित ५ जुँवाडे बालाजु प्रहरीको नियन्त्रणमा

१० असार काठमाण्डौं  काठमाण्डौको मुड्खुवाट ठूलो परिमाण को नगद सहित जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त बालाजुवाट खटिएको टोलीले नगद रु १८ लाख ८७ हजार नगद र दुई थान कौडा सहित पाँच जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख उत्तम सुवेदीका अनुसार पक्राउ पर्नेमा बनेपा १२ काभ्रेका राज तामाङ ,गाईघाट उदयपुर ११ का विमल कार्की र सोही घर हुने दिपक राई तार्केश्वर ७ का अशोक तामाङ, शंखरापुर ४का राज वोल्न रहेका छन् ।

काठमाण्डौं प्रुमुख सुवेदीका अनुसार पक्राउ परेका विरुद्ध जुवाँ ऐन अन्र्तगत मुद्धा चलाईने छ ।